
काठमाडौं । काजुमा अनेक पोषक तत्व पाइन्छ । यसले स्वास्थमा राम्रो फाइदा पु¥याउँछ । शरीरको आवश्यक खाद्यवस्तुमा पर्ने स्वास्थ्यवर्द्धक काजुको नियमित सेवनले शरीरको स्फूर्तिका साथै चौतर्फी विकास हुन्छ ।
काजुमा मेग्निसियम, कपर, आइरन, पोटासियम लगायतका तत्व प्रचुर मात्रामा पाइन्छ । यी तत्वले हड्डी र दाँत बलियो बनाउनुको साथै शरीरलाई स्वस्थ राख्न मद्दत पुर्याउँछ । यदी तपाईलाई काममा अत्याधिक थकान महशुस हुन्छ भने हरेक दिन दुई दाना (पिस) काजुको सेवन निकै लाभदायक हुन्छ । काजु ऊर्जाको राम्रो स्रोत पनि हो ।
फाइदाहरु
अनुहार चम्किलो दिमाग तेजिलो रक्तचाप नियन्त्रित अवस्थामा राख्न मदत पुर्याउँछ।
कोलेस्टेरोलको मात्रा नियन्त्रित हड्डी र दाँत बलियो राख्न सहयोग पुर्याउँछ ।
मुटुलाई स्वस्थ र बलियो बनाउने गर्छ।
शरीरमा इन्सुलिनको मात्रा बढ्छ र डायबेटिज नियन्त्रण हुन्छ ।
आँखालाई स्वस्थ बनाउँछ ।
गर्भवतीको लागि काजु निकै फाईदाजनक हुन्छ ।
ताजगी र स्वस्थ, स्फुर्तिका साथै यौन तथा प्रजनन क्षमता बढाउनको लागि पनि काजुको प्रयोग गरिन्छ ।