संकटमा पर्दा समर्थन गरेको भन्दै रास्वपाले दियो ओलीलाई धन्यवाद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डोलप्रसाद अर्यालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद ज्ञापन गरेका छन् ।
सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेपछि संसदमा बोल्दै नेता अर्यालले आफ्नो पार्टी आपत्तमा पर्दा संसदको रोष्टमबाट ओलीले समर्थन गरेका भन्दै धन्यवाद दिएका छन् ।

उनले भने् ‘ हाम्रो दललाई आपत्त पर्दा, हामीमाथि संकट आईराख्दा यसै रोष्टमबाट हाम्रो पक्षमा उभिनुभएका नेकपा एमालेका अध्यक्ष केपी ओलीप्रति पार्टीको तर्फबाट धन्यवाद व्यक्त गर्न चाहन्छु । ’ विषम परिस्थितीमा हौसलाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले धन्यवाद दिएको छ ।

रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सर्मथन गर्ने भएको छ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१