प्रतितोला दुई हजार रुपैयाँ घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुन प्रतितोला २  हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला  १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदी प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा किनबेच भएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१