आज पनि बढ्याे सुनकाे मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेको जानकारी दिएको छ ।

महासंघले आजको मूल्यसूची कायम गर्दै हिजो बिहीबारको तुलनामा सुनको मूल्य ८०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यस्तै, महांघले तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको जानकारी दिएको छ ।

हिजो बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार र तेजाबी सुनको मूल्य १ लाख ८ हजार ५०० रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्य भने स्थिर छ ।

महासंघले हिजो बिहीबारकै मूल्यमा आज चाँदीको कारोबार भइरहेको जनाएको छ । आज चाँदीको मूल्य १३ सय ६० रुपैयाँ कायम भएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१