राेल्पामा युकेजीमा अध्यनरत ८ वर्षीय बालक मृत फेला

काठमाडौं । रोल्पामा ८ वर्षीय बालक मृत फेला परेका छन्।

लुङ्ग्री गाउँपालिका-७ घर भई रोल्पा नगरपालिका-४ ठकुरी टोलमा कोठा भाडामा बस्दै आएका ८ वर्षीय विष्णु गिरी शनिबार दिउँसो ३ बजे कोठामा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामकुमार सारू मगरले जानकारी दिए ।

सानी आमासँग बस्दै आएका उनी स्थानीय होली भिजन बोर्डिङ स्कुलमा कक्षा युकेजीमा अध्यनरत थिए । बालकका बुवा,आमा रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका छन् ।

घटनाबारे आमा, बुवालाई खबर गरिएको र उनीहरू आएपछि मात्रै पोष्टमर्टमको प्रक्रिया सुरू हुने प्रहरीले जनाएको छ । बालककाे शव जिल्ला अस्पतालमा राखिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । पोष्टमर्टम पछि मात्रै घटनाबारे थप कुराहरू खुल्ने प्रहरीले जानकारी दिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१