
काठमाडौं । पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा ९ वटा बम फेला परेका छन् । स्थानीय बासिन्दाले आइतबार दिउँसो जङ्गलमा चौपाया चराउन गएका किसानहरूले बारीमा बम देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा नौवटा बम देखिएको हो । बम देखेपछि जनप्रतिनिधिलाई खबर गरेका थिए । त्यसपछि प्रहरीलाई जानकारी दिइएको थियो ।
भारतीय सेनाका पूर्वसैनिक समेत रहेका तरामुका अनुसार ती ८१ एमएम मोटरको बम (गोला) हुन् । साथै ५२ सय मिटर रेन्जका ती बम जमिनमा विस्फोट हुँदा १ सय ८० मिटर वरपरको क्षेत्र ध्वस्त पार्ने र खोतल्दै जाँदा एकै ठाउँमा ९ वटा बम देखिएको थियो उनले बताए ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी सन्तोष पाठकले सो घटनाबारे जानकारी पाएकाले दुम्कीवासका प्रहरी निरीक्षकको टोली उक्त स्थानतर्फ पठाइएको बताए ।
ती बम कसले र कहिले राखेको भन्नेबारे यकिन छैन ।