
काठमाडौं । समस्या देखिएपछि भैरहवा उड्न धावनमार्गमा केही बेर दौडिसकेको बुद्ध एयरको एटीआर जहाजले टेकअफ रद्द गरेको छ ।
त्रिभुवन विमानस्थल स्रोतका अनुसार पौने ३ बजे उडान तालिका रहेको जहाज धावनमार्गमा केही बेर दौडिसकेको थियो । तर, अचानक ‘इण्डिकेसन’ समस्या देखिएपछि जहाजले टेकअफ नै रद्द गरेको थियो ।
जहाजलाई अब नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टीमले जाँच गर्नेछ । त्यसपछि मात्र उडानको अनुमति पाउने छ ।
धावनमार्गमा दाैडिसकेकाे जहाजले टेकअफ रद्द गर्नुलाई ‘एबन्डेन टेक अफ’ भनिन्छ ।