बारामा सिम्रौनगढमा आगलागीबाट ६ घर-गोठ नष्ट

काठमाडौं । बाराको सिम्रौनगढमा मंगलबार बिहान भएको आगलागीबाट छ घर-गोठ जलेर नष्ट भएका छन् ।

सिम्रौनगढ नगरपालिका-२ रानीवास बजारमा लागेको आगलागीबाट करिब रु १० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय, सिम्रौनगढका प्रहरी निरीक्षक सुरेन्द्र साहले जानकारी दिए ।

रामप्रित हाजराको घुरबाट सल्केको आगोले रामसुरत हाजरा, लालबाबु पासवान, राजेश पासवान, रमेश पासवान र गगनदेव पासवानको घर-गोठ जलेर नष्ट भएको वडाध्यक्ष अरबिन्द मुखियाले बताए ।

आगोले नगद, अन्नपात, लत्ताकपडालगायत घरमा रहेका सामग्री पूर्णरूपमा जलेका छन् ।

बिहान ३ बजेदेखि लागेको आगो एक घण्टापछि प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो ।

 

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१