
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो कारोबार दिन प्रतितोला एक हजार रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँ बढेको हो ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार चाँदी प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा किनबेच भएको थियो ।
मंगलबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो ।