रामनवमीको अवसरमा मधेसमा सार्वजनिक विदा

काठमाडौं । बिहीबार मधेस प्रदेशमा सार्वजनिक विदा हुने भएको छ । चैत्र १६ गते बिहीबार भगवान् रामको जन्मोत्सव अर्थात रामनवमीको अवसरमा मधेस प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

रामनवमी जनकपुरधामसहित देशैभर धुमधामका साथ मनाइन्छ । अघिल्लो वर्ष रामनवमीको अवसरमा केन्द्रीय सरकारले पनि सार्वजनिक विदा दिएको थियो । तर, यसवर्ष हालसम्म सरकारले विदा दिने निर्णय भएको छैन ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१