तलब दिनुपर्छ भनेर नाफामा चलेका सञ्चार संस्था पनि घाटा देखाउँछन् (भिडिओसहित)

जन्मदेव जैसी श्रमजीवी पत्रकारका लागि आशा र भरोसाका केन्द्र हुन् । देशभरका श्रमजीवी पत्रकारको हक हितका लागि अहोरात्र खटिरहने जैसी संचारसम्बन्धी नीति निर्माणमा पनि राज्यलाई सघाउने गर्छन् ।

नेपाल पत्रकार महासंघमा केही कार्यकाल बिताएका जैसी अचेल श्रमजीवी पत्रकार संघको अध्यक्ष छन । पत्रकारको हकहितका लागि खडा भएका सूचना विभाग, न्यूनतम पारिश्रमिक निर्धारण समिति, प्रेस काउन्सिल, सूचना विभाग लगायतका संस्था साइनबोर्डमा मात्र सीमित भएपछि आफू नयाँ संस्था खडा गरेर मैदानमा उत्रिएको उनी बताउँछन् ।

पत्रकारको हक हितका लागि भन्ने तर राजनीतिक दल र नेताहरुको सेवा गर्ने पदाधिकारीका कारण प्रेस काउन्सिल, पत्रकार महासंघ, सूचना विभाग लगायतका संस्था पंगु बन्दै गएको उनको तर्क छ ।

जैसी भन्छन, ‘श्रमजीवी पत्रकार संघमार्फत सेवा दिन थालेपछि देशभरका पत्रकारले मलाई धन्यवाद दिइरहेकाछन । संघको सदस्य बन्न साथीहरुले तीव्र रुची देखाउनु भएको छ । जहाँ जुन संस्थामा पारिश्रमिक, नियुक्ति पत्र, काम गर्ने वातावरणको समस्या छ, त्यहाँ हामी जान्छौं । सकभर सहमतिमा नभए दबाब सृजना गरेरै भए पनि हामी साथीहरुलाई न्याय दिन्छौं । ’

नेपालमा रेडियो र प्रिन्ट मिडियामा भन्दा टेलिभिजनमा बढी समस्या देखिएकाछन । नाफामा हुँदा पनि व्यवस्थापकले घाटा देखाएर श्रमजीवी पत्रकारलार्ई तलब नदिने गरेको पाइएको छ । सञ्चार माध्यममा लगानी र आम्दानी अपरादर्शी भएकाले राज्यले प्रभावकारी अनुगमन गर्नैपर्ने जैसी बताउँछन् ।

जैसी भन्छन, ‘यहाँ त कन्टेन्टको व्यापार हुन्छ । कन्टेन्टको मोलमलाइ हुन्छ । यतिसम्म कि एउटा साहुले अर्को साहुको जग्गाको समाचारलाई ब्यानर न्युज बनाउँछ । त्यो समाचारसंग आमजनताको के सरोकार ? यो केवल बार्गेनिङका लागि मात्र हो । मालिकहरुले पत्रकारलाई यस्तो कार्यमा प्रयोग गरिरहेको पाइएको छ ।’

प्रतिपक्षमा हुँदा मिडियाको प्रयोग गर्ने र सत्तामा पुगेपछि प्रेसलाई आँखाको कसिङ्गर ठान्ने प्रचलन नेपाली दलहरुमा देखिएको छ । संचार पृष्ठभूमिबाटै गएका गोकुल बास्कोटा र रवि लामिछाने त्यसका उदाहरण हुन । दुवैले सत्तामा पुगेपछि प्रेसको घाँटी निमोठ्ने प्रयास गरे ।

नेपालको प्रेसलाई व्यवसायिक र मर्यादित बनाउन राज्यले नियमित अनुगमन गर्नुपर्छ । यसका लागि ऐन कानुन बनाउने, परिमार्जन गर्ने कुरामा सबैको सहयोग रहन्छ । यो कार्यमा अहिले सञ्चार मन्त्री रेखा शर्मा लागेकी छिन् । शर्मालाई पनि मिडियाका ठालुहरुले घेराबन्दीमा पारेको देखिन्छ । यसबाट शर्मा सजग हुन जरुरी छ ।

विस्तृत भिडिओमा :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१