थप ४२ जनामा कोरोना संक्रमण

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ३०० जनाको पीसीआर परीक्षण गर्दा ३७ जना र ६१५ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहीबार मात्रै १७ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

हाल देशभर १२३ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन्

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१