
काठमाडौं । आइतबार प्रतितोला ६ सय रुपैयाँ घटेको सुनको भाउ आज पनि प्रतितोला ६ सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा किनबेच भएको थियो ।
आइतबारको तुलनामा सोमबार चाँदी प्रतितोला २० रुपैयाँ घटेको हो ।