बुटवल-तानसेन सडकखण्ड दैनिक ९ घण्टा बन्द

काठमाडौं । सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडकखण्ड मंगलबारदेखि दैनिक ९ घण्टा बन्द हुने भएको छ ।

सिद्धबाबा सुरुङ मार्गको पूर्वतयारीको लागि सडकखण्ड अनिश्चितकालका लागि दैनिक ९ घण्टा बन्द हुने भएको हो ।

राजमार्ग सुरक्षा समितिको बैठकले चैत २१ गतेदेखि अर्को सूचना नभएसम्मका लागि हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र रातको १० बजेदेखि बिहान ४ बजेसम्म सडकमा आवागमन बन्द गर्ने निर्णय गरेको हो ।

एम्बुलेन्सलगायत अत्यावश्यकीय सवारी साधनहरु सञ्चालनमा भने अवरोध नहुने भएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१