मिटरब्याजको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य पक्राउ

काठमाडाैं । मिटरब्याजको आरोपमा सप्तरीबाट एकजना पक्राउ परेका छन् । सोमबार बिहान सप्तरीको राजविराजबाट एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध आपराधिक विश्वासघात तथा ठगी मुद्दा चलिरहेको थियो । सप्तरी प्रहरीका अनुसार सुरेन्द्र मधेशी पक्राउ परेका हुन् ।

पक्राउ परेका मधेशी सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सदस्य हुन् । उनी पार्टीका संस्थापक सदस्य समेत थिए ।

मिटरब्याज पीडितहरू ११ दिन पैदल हिँडेर काठमाडौंमा न्याय माग्न संघर्ष चलिरहेको बेला सप्तरीबाट मधेशीलाई पक्राउ गरिएको हो ।

गत शनिबार मात्र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा मिटरब्याज पीडितहरूले ५ बुँदे सहमति गरेका थिए ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१