लिटरमै १० रुपैयाँले घट्यो डिजेल, पेट्रोलकाे मूल्य पनि घट्यो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी कटौती गरेको छ ।

सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०–१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय भएको निगमले जनाएको छ ।

निगम सञ्चालक समितिको सो निर्णयसँगै अब डिजेल र मट्टीतेलको खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ ।

यसअघि डिजेल र मट्टीतेलको खुद्रा मूल्य १७५ रुपैयाँ लिटर थियो । यस्तै, हवाई इन्धन आन्तरिक र बाह्यतर्फ पनि औसत लिटरमा १० रुपैयाँले मूल्य घटेको छ ।

यस्तै, पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाएर १७५ रुपैयाँ कायम गरिएको छ । खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर १८ सय रुपैयाँ याथावत छ ।

पछिल्लो समय भारतबाट मूल्य घटेर आएको र इन्धनको उच्च मूल्यका कारण अर्थतन्त्र नै शिथिल बन्न थालेपछि आर्थिक चापका बाबजुत निगम मूल्य कटौती गर्ने अवस्थामा पुगेको निगमले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१