ललितपुर धोबिघाटमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर-३ धोबिघाट ओरालोमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

इलाम घर भई कीर्तिपुर बस्ने २७ वर्षीय धनराज लिम्बुले चलाएको प्रदेश नम्बर १-०३-००१ प १६६३ नम्बरको मोटरसाइकलको ठक्‍करबाट एक पुरूषको मृत्यु भएको  छ । करिब ४५ वर्षका उनको पहिचान खुलेको छैन ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनलाई अल्का अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा बुधबार बेलुकी निधन भएको प्रहरीले जनाएको छ ।

शवलाई पोस्टमर्टमका लागि पाटन अस्पताल लगिएको छ ।

साथै ठक्कर दिने सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१