
काठमाडौं । बिहीबार भने नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदी प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भएको थियो । बुधबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो ।