सिटिजन लाइफ इन्स्योरेन्सकाे ‘सुनौलो सय दिन’ आजदेखि सुरु

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चैत २४ गते देखि आगामी असार मसान्तसम्म जीवन बीमा जागरण अभियान अन्तर्गत् सुनौलो १०० दिन कार्यक्रमको सुरुवात गरेको छ ।

पुरै देश आर्थिक तरलता संकटबाट गुज्रिरहेको यस चुनौतीपूर्ण समयलाई अवसरमा परिवर्तन गर्ने उद्देश्यका साथ यस अभियानको आयोजना गरेको कम्पनीले जनाएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमाल, पश्चिम क्षेत्र साथै मध्य र मध्यपश्चिम क्षेत्रका प्रमुख व्यवसाय अधिकृतहरु धोजबहादुर खड्का र सुनिल पोखरेलबाट यस अभियानको बुटवलमा एक कार्यक्रम गरी उद्घाटन गरिएको हाे ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ब्राण्ड एम्बेसेडर महजोडीसँग सहकार्य गर्दै यस अभियानलाई सम्पन्न गर्ने जनाएको छ ।

यस बीमा जागरण अभियानको मूल उद्देश्य आम मानिससम्म बीमाको पहुँच पुर्‍याउनुका साथै यसका फाइदा, यसमा रहेको रोजगारीको अवसरको चेतना विकास गर्दै, विभिन्न स्थानीय तहमा व्यवसायिक अभिकर्ता निर्माण गर्नु हो ।

यस चुनौतीपूर्ण समयमा चुनौतीप्रति मात्र केन्द्रित नभएर सुनौलो दिन बनाउने उद्देश्य लिएर त्यसप्रति बढी केन्द्रित रहँदा सुनौला दिन पनि अवश्य हासिल गर्न सकिन्छ । जीवनको अप्ठ्यारो समयमा सबैभन्दा धेरै काम लाग्ने चिज नै जीवन बीमा हो र संकटको समयमा यसबाट नै बढी मद्दत मिल्दछ ।

त्यसैले बीमा विलाशिता हैन अनिवार्य आवश्यकता हो भन्ने जनचेतना जगाउने उद्देश्यका साथ यस आर्थिक वर्षको बाँकी रहेका १०० दिनलाई सुनौलो बनाउन कार्यक्रम अगाडि बढाउन केन्द्रित रहेको कम्पनीले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१