
काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ ।
शुक्रबार चाँदी प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार चाँदी आज पनि सोही मूल्यमा खरिद–बिक्री भइरहेको छ ।