तोलामै एक हजार रूपैयाँले बढ्यो सुन

काठमाडौं । बुधबार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदी प्रतितोला १ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदी प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँमा किनबेच भएको थियो ।

मंगलबारको तुलनामा आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको हो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१