निक्षेप ब्याजदर एकल अंकमा झार्ने बैंकर्स संघको निर्णय

काठमाडाैं । बैंकर्स संघको निर्णयले वैशाख १ गतेदेखि लागू हुने निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको छ ।

बैंकर्स संघको बुधबारको बैठकले एक वर्षे मुद्दतीको ब्याज ११ प्रतिशतबाट ९.९९ प्रतिशतमा झार्ने निर्णय गरेको छ ।

त्यस्तै, संस्थागत निक्षेपको ब्याजदर ७.९९ प्रतिशतमा आएको छ ।

बचतको ब्याजदर ५.४ देखि ७.४ प्रतिशतमा झारेको छ । कल डिपोजिटको ब्याजदर २.७ प्रतिशतमा झारेको छ ।

अहिले झरेको निक्षेपको ब्याजको असर आधार दरमा साउनदेखि पर्नेछ ।

यद्यपि बचतको ब्याजदर तत्कालै घट्ने भएकाले आधार दर कम भएर नयाँ ऋणीलाई कम ब्याजमा पैसा उपलब्ध हुने छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१