
काठमाडाैं । बुधबार सेयर बजारले ९२ अंकको छलाङ मारेको छ ।
कारोबार सुरु भएदेखि नै बढेको बजार अन्ततः अघिल्लो दिनको तुलनामा ४.९३ प्रतिशत अर्थात ९२.२ अंक बढेर १९६३ अंकमा पुगेको हो ।
परिसूचक मात्रै नभएर कारोबार रकम समेत बढेको छ ।
यसअघि आजै बैंकर्स संघले वैशाखदेखि निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो । कारोबार रकम अघिल्लो दिनको तुलनामा दोब्बर भएको छ ।
कुल १ अर्ब ९७ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो । यसअघि हिजो ९४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सबै २१८ कम्पनीको सेयर मूल्य बढेको छ । सबै उपसमूहका सूचक बढेका छन् । बैंकिङ ६६, विकास बैंक १९७, फाइनान्स १०८, होटल तथा पर्यटन ११८, जलविद्युत् १२०, जीवन बीमा ४४२, उत्पादन २१८, माइक्रोफाइनान्स १७२, निर्जीवन बीमा ३४३, अन्य ४७ र ब्यापार उपसमूह ८४ अंक बढेकाे छ ।