अमेरिकामा डेरी फार्ममा बिस्फोट र आगलागी १८ हजारभन्दा बढी गाई मारिए

काठमाडौ‌ । अमेरिकाको टेक्सासमा एउटा पारिवारिक डेरी फार्ममा बिस्फोट र आगलागी हुँदा १८ हजारभन्दा बढी गाई मारिएका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार टेक्सासको पश्चिमी क्षेत्र डिम्मितमा रहेको उक्त डेरी फार्ममा गत सोमबार बिस्फोट र आगलागी भएको हो ।

अग्नि नियन्त्रकहरूले फार्मबाट एक जना घाइते कामदारको उद्धार गरेका छन् ।

बिस्फोट र आगलागीको कारण खुल्न सकेको छैन ।

अमेरिकाको कुनै डेरी फार्ममा एकै पटक यति धेरै गाईहरू मरेको यो सन् २०१३ पछिको पहिलो घटना हो।

त्यो वर्ष एनिमल वेलफेयर इन्स्टिच्युटले फार्महरूमा हुने आगलागीको तथ्यांक राख्न थालेको थियो।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१