सिन्धुलीको गोलन्जोरमा चट्याङ लागेर ३ जना घाइते

काठमाडौं । अविरल वर्षा सँगै परेको चट्याङ लागेर सिन्धुलीको गोलन्जोर गाउँपालिकामा ३ जना घाइते भएका छन् ।

गोलन्जोर गाउँपालिका–३ ओख्लेस्थित ५८ वर्षीया दुर्गाकुमारी भुजेलको घर बाहिर राखिएको बिजुलीको मिटर बक्समा चट्याङ परेको  सिन्धुलीका (एसपी) राजकुमार सिलवालले जानकारी दिए ।

चट्याङ लागेर घाइते हुनेमा दुर्गा कुमारी भुजेल, उनकी बुहारी २८ वर्षीया हिराकुमारी भुजेल र ८ वर्षीय निकेश भुजेल छन् ।

दुर्गा कुमारीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । हिराकुमारी र निकेश उपचार पछि घर फर्केका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१