एनएमबि बैंकका स्मार्ट नारी बचत खाताका ग्राहकलाई सामसुङ वासिङ मसिन र माइक्रोवेभ ओभनमा २३% सम्म छुट

काठमाडौं । एनएमबि बैंक लिमिटेडले एनएमबि स्मार्ट नारी बचत खाताका ग्राहकहरुलाई वासिङ मेसिन र माइक्रोवेभ ओभनमा आकर्षक छुट उपलब्ध गराउन सामसुङ (HIM Electronics Pvt. Ltd.) सँग साझेदारी गरेको छ ।

ग्राहकहरूले वासिङ मेसिन र माइक्रोवेभ ओभन खरिदमा २३% सम्म छुट र eNMB मोबाइल एप मार्फत भुक्तानी गर्दा थप रु १५ सयसम्म छुट पाउनेछन् ।

उक्त साझेदारीको उद्देश्य ग्राहकहरूलाई नवीनतम् र सबैभन्दा एड्भान्स घरेलु उपकरणहरूमा पहुँच सुनिश्चित गर्ने हो ।

यस अफरमार्फत्, एनएमबि बैंकका ग्राहकहरूले पर्याप्त छुटको मजा लिँदै सामसुङको उच्च गुणस्तरको वासिङ मेसिन र माइक्रोवेभ ओभनहरूबाट सजिलै आफ्नो घर अपग्रेड गर्न सक्नेछन् ।

यो अफर प्राप्त गर्नका लागि ग्राहकसँग एनएमबि स्मार्ट नारी बचत खाता हुनुपर्छ । यो अफर सीमित अवधिको लागिमात्र मान्य भएकाे बैंकले जनाएकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१