बालाजुको कोत:धुकु आयल स्टोर महानगरले गर्‍यो सिल

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुमा रहेको कोत:धुकु पेट्रोल पम्प सिल गरेको छ ।

बिहीबार महानगरले बालाजुमा रहेको  कोत:धुकु आयल स्टोर सिल गरेको नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए ।

उनका अनुसार पेट्रोल पम्प मापदण्डविपरीत भएको कारण सिल गरिएको हो ।

केही समयअघि महानगरले सडक किनार साँघुरो क्षेत्रमा पेट्रोल पम्प चलाउनु मापदण्डविपरीत भन्दै कारबाही गर्ने बताएको थियो ।

‘महानगरले त्यस्ता पम्प सुरक्षा दृष्टिले जोखिमयुक्त भएकाले कारबाही गरेको हो’, उनले भने ।

महानगरले झन्डै ६ वर्षअघि पेट्रोल पम्पको सर्वेक्षण गर्दा काठमाडौंमा १ सय २३ वटा पम्प थिए । जसमध्ये ६७ वटा महानगरभित्र थिए ।

त्यसमध्ये पनि झन्डै १० वटा पम्प जोखिमपूर्ण अवस्थामा भएका कारणले कोत:धुकु आयल स्टोरबाट काम सुरू गरिएको उनले बताए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१