बढ्दाे काेराेना संक्रमण

काठमाडौं । विश्वभर तीव्र गति फैलिरहेको ओमिक्रोनको एक्सबीबी‍‍‌ .१‍‍‍‍‌ ‌‌‍‍‍.१६ भेरियन्ट नेपालमा पुष्टि भएसँगै पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत चैत २० गते सो भेरियन्ट नेपालमा समेत पुष्टि भएको जानकारी गराएको थियो ।

मन्त्रालयका अनुसार वैशाख महिनामा मात्र १ हजार ३८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

यो अवधिमा पीसीआर विधि तथा एन्टीजेन विधिबाट २१ हजार ३५७ जनाको नमुना परीक्षण गरिएको थियो ।

वैशाख महिनामा हालसम्म सङ्क्रमणको औसत दर ६.४६ प्रतिशत रहेको छ । पछिल्ला १३ दिनमा ७८६ जना सङ्क्रमणमुक्त पनि भएका छन् ।

हाल देशभर ५९५ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले तथ्याङ्कले देखाउँछ । नेपालमा औसत निको हुने दर ९८.७ प्रतिशत छ ।

यो महिना थप ६ जनाले कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।

नेपालमा कोभिडबाट मृत्यु हुनेको दर १.२ प्रतिशत छ । बुधबारसम्म २९ जना सङ्क्रमित संस्थागत आइसोलेसनमा छन् भने ५ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१