
काठमाडौं । एसीसी प्रिमियर लिगअन्तर्गत जारी नेपाल र कुवेतबीचको सेमिफाइनल खेल केहिबेर रोकिएको थियो । पानी परेपछि रोकिएको खेल फेरि सुचारु हुन् लागेको हो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा २३.२ ओभरको खेल भइरहँदा पानि दर्किएसँगै खेल रोकिएको थियो। त्यतीबेला नेपालले ३ विकेट गुमाएर १ सय ४१ रन बनाएको छ । अहिले पानी परेपछि लगाईएको कभर निकाँलिदै छ ।
आजको खेल पनि परेर रद्द भएपनि नेपालले फाइनलमा स्थान बनाउने सम्भावना छ । दोस्रो ओभरमा एकै बल पनि नभई खेल रद्द भए नेपालले समूह विजेताको हैसियतले फाइनलमा स्थान बनाउनेछ ।