सुरु भयो वर्षाले रोकिएको खेल, ४२ ओभरको हुने

काठमाडौं । एसीसी प्रिमियर लिगअन्तर्गत जारी नेपाल र कुवेतबीचको सेमिफाइनलमा पानी परेपछि खेल करिब २ घण्टा रोकिएको थियो ।

रोकिएको खेल अहिले पानी पर्न छाडेपछि पुनः सुरु भएको हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा २३.२ ओभरको खेल भइरहँदा पानि दर्किएसँगै खेल रोकिएको थियो। त्यतीबेला नेपालले ३ विकेट गुमाएर १ सय ४१ रन बनाएको छ ।

एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा नेपाल र कुवेतबीचको खेल ८/८ ओभर घटेको छ । योसँगै खेल ४२/४२ ओभरको हुनेछ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१