थुनिएको अरुण नदी ड्याम माथिबाट ओभर फ्लो भइ बग्न थाल्यो

काठमाडौं । अरुण तेस्रो जलविद्युत आयोजनाको ट्रनेलमा सुख्खा पहिरो खस्दा थुनिएको अरुण नदी ड्याम भन्दा माथिबाट ओभर फ्लो भएर बग्न थालेको छ ।

मकालु गाँउपालिका वडा नम्बर ३ र ५ को बीचमा पर्ने दोभानमा ८ घण्टा अघिबाट अरुण नदी थुनिएको थियो । मकालु गाविसको दोभानमा अरुण नदीमा ७० फिट अग्लो ड्याम बनाएर अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङतर्फ पानी ल्याइएको थियो ।

सुरुङमा सुख्खा पहिरो खसेपछि नदी थुनिएको मकालु गाँउपालिकाका अध्यक्ष ओंदी छिरिंग शेर्पाले बताए । सुरुंङतर्फको भाग नखुलेपनि ड्याम भन्दा माथिबाट ओभर फ्लो भएर पानी बग्न थालेको शेर्पाले जानकारी दिए ।

उनका अनुसार अरुण थुनिँदा मकालु गाबिसको दोभान भन्दा दूई किलोमिट उत्तर सम्म अरुण नदीको पानी फैलिएको छ । पानी ओभर फ्लो भएर बग्न थालेकाले अवस्था सामान्य हुने उनले जानकारी दिए ।

 

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१