कञ्चनपुरमा चिर्पटले हानेर छोराले गरे बुवाको हत्या

काठमाडौं । कञ्चनपुरमा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । मंगलबार बिहान पुनर्वास नगरपालिका–४ कार्कीचोकका ३० वर्षीय गणेश खड्का बुवाको हत्या आरोपमा पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार घरायसी विवादका कारण सोमबार राति गणेशले ७१ वर्षका बुवा धनबहादुर खड्कामाथि चिर्पट प्रहार गरेका थिए ।

बुवाको हत्या गरेर भाग्न खोजेका गणेशलाई प्रहरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रकाश डाँगीले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१