क्रिकेट टिमलाई आईजीपीले दिए बधाई

काठमाडौं । नेपाली क्रिकेट टिमलाई एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जितेकोमा प्रहरी महानिरीक्षकले बधाई दिएका छन् ।

सामाजिक सञ्जाल मार्फत आईजीपी वसन्त कुँवरले बधाई दिएका हुन् । उनले भनेका छन्– ‘नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई ।’

कीर्तिपुर स्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा चिर प्रतिद्वन्द्वी युएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि चुमेको छ । सो जितसँगै यस्रै वर्ष पाकिस्तानमा आयोजना हुने एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले स्थान पक्का गरेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१