सुनको मूल्य बढ्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ काराेबार ?

काठमाडौ‌ ।  गत कारोबार दिन अर्थात् आइतबार प्रतितोला १ हजार २ सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला ३ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १०  हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१