नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुईजना पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुईजना पक्राउ परेका छन् । प्रहरीले काठमाडौंका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई प्रक्राउ गरेको हो ।

उनीहरु दुवैले बिचौलियाका रुपमा काम गरेका थिए ।

शरणार्थी प्रकरणमा यसअघि प्रहरीले पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई पक्राउ परिसकेका छन् ।

यस्तै, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पनि पक्राउ परिसकेका छन् ।

एमाले सांसद समेत रहेका रायमाझी भने अहिले फरार छन् ।

यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणदेखि कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजू राणासमेतको नाम जोडिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१