काठमाडौं । उच्च अदालतले जन्मकैद हुने फैसला गरेको भोलिपल्टै बुधबार रेशम चौधरीले पार्टीका नेतालाई कारागारमा झिकाएका छन् ।
काठमाडौंको डिल्लीबजार कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरीले उच्च अदालत, दिपायलको फैसलालाई लिएर छलफलका लागि बोलाएका छन् ।
पार्टीका संस्थापक नेता चौधरीले कारागारमै छलफलका लागि बोलाएको नागरिक उन्मुक्तिका महासचिव रतन थापाले जानकारी दिए। ११ बजे भेट्न कारागार जाने र १ बजे पत्रकार सम्मेलन गर्ने उनले बताएका छन् । तर यसबारेमा कारागार प्रशासन बेखबर रहेको छ ।