रास्वपा सांसद्‍को पोशाकप्रति ओलीको प्रश्न : बाथरुम र मिटिङ रुमको वस्त्र एउटै हुन्छ ?

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पोशाकको मर्यादा हुने भन्दै बाथरुमको वस्त्र र मिटिङ रुमको वस्त्र एउटै हुन्छ भन्दै प्रश्न गरेका छन्।

शनिबार एमालेको भातृ विधार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले केही समय अगाडि प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद्‍ सुमना श्रेष्ठले लगाएको पोशाकको चर्चा भएपछि उनले यस्तो अभिव्यक्ति दिएका हुन्।

उनले भने, ‘मर्यादित ठाउँमा मर्यादित पोशाक लगाउनुपर्छ। स्वीमिङ पुलमा कस्टम लगाउनु असभ्य मानिँदैन। स्वीमिङ पुलमा लगाउँदा हुने, पार्लियामेन्टमा किन नहुने भन्नुभयो भने त्यो शोभनीय हुँदैन। बाथरुमको वस्त्र र मिटिङ रुमको वस्त्र एउटै हुन्छरु स्वतन्त्रताका नाममा यस्ता कुरा गर्नुहुन्न। धेरै उत्ताउलिएर किन यसो किन उसो भनेर नभनौँ। फर्किएर गुफातिर नपुगौँ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१