शाहिद कपूरको फिल्म ‘ब्लडी ड्याडी’को ट्रेलर (भिडिओ)

काठमाडौं । बलिउड अभिनेता शाहिद कपूरको फिल्म ‘ब्लडी ड्याडी’ को ट्रेलर सार्वजनिक भएको छ ।

जिओ स्टुडियो युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा शाहिद र ड्रग्स माफियाबीचको द्वन्द्वलाई देखाइएको छ ।

अली अब्बास जफरले निर्देशन गरेको फिल्ममा शाहिदसँगै राजिव खन्डेलवाल, सञ्जय कपूर, मुकेश भट्ट, सर्ताज कक्कर, रोनित रायलगायत कलाकारको अभिनय छ । फिल्मको कथा निर्देशक जफर र आदित्य बसु मिलेर तयार पारेका हुन् ।

यो फिल्म सन् २०११ मा आएको फेन्च फिल्म ‘स्लिपलेस नाइट’ को हिन्दी रिमेक हो ।

फिल्ममा ज्योति देश्पान्डे, हिमान्शु किशन मेहरा, अली अब्बास जफर र गौरव बोसेको लगानी रहेको छ ।

यो फिल्म जुन ७ मा ओटिटी प्लेटफर्म जियो सिनेमामा प्रदर्शन हुनेछ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७