के अभिनेता पललाई शाह लाई फिल्मको अफर नआयकै हो त ?

काठमाडौं । नायक पल शाह जेलमा रहँदा उनलाई केही फिल्मको अफर गएको, उनले फिल्मको स्क्रिप्ट जेलमै पढिरहेको भन्ने समाचार सार्वजनिक भएका थिए । पलले जेलबाट निस्कने वित्तिकै फिल्ममार्फत आफ्नो बलियो कमब्याक गर्लान् भन्ने पनि धेरैलाई लागेको थियो ।

तर, जेलबाट निस्केको ३ महिना भइसक्दा पनि पलले कुनै पनि फिल्म साइन गरेको खबर सार्वजनिक भएको छैन । पलले जेलमा रहँदा स्क्रिप्ट पढेको खबर सार्वजनिक भएपनि, ती स्क्रिप्टको बिषयमा अहिले चर्चा नै हुन छाडेको छ । बरु, पल लगातार म्युजिक भिडियोमा नै काम गरिरहेका छन् ।

पल अभिनित २ वटा म्युजिक भिडियो सार्वजनिक भैसकेको छ भने अझै २ वटा भिडियो सार्वजनिक हुने तयारीमा छन् । तर, पलले कुनै पनि फिल्म साइन गरेको खबर सार्वजनिक भएको छैन । यसले, कतै पललाई लिएर मेकरहरु फिल्म बनाउन डराएका हुन् कि भन्ने प्रश्न समेत उब्जिएको छ ।

श्रोतका अनुसार, पललाई लिएर फिल्म बनाउनका लागि बजारमा हल्ला भए जस्तो धेरै मेकरले रुची देखाएका छैनन् । तर, उनले यसअघि नै काम गरेका एक दुई जना मेकरले भने उनलाई फिल्मका लागि अफर नगरेका होइनन् । तर, ती फिल्म पनि बन्ने वा नबन्ने टुंगो लागेको छैन ।

उनलाई लिएर यसअघि फिल्म बनाउने घोषणा गरेका केही मेकर अब भने उनीसँग काम गरेर जोखिम मोल्ने मुडमा नरहेको वुझिएको छ । यो बर्ष नेपाली फिल्म निर्माणको संख्या गतबर्षको भन्दा पनि कम हुने निश्चित छ । देशका चर्चित मेकरहरुले पललाई लिएर फिल्म बनाउने सुरसार गरेका छैनन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१