
गुल्मी । तम्घास बजारमा अव्यवस्थित अस्थायी संरचना हटाउन सूचना जारी गरिएको छ ।
रेसुङ्गा नगरपालिकाले शुक्रबार सूचनामार्फत बजार क्षेत्रभित्र बनाइएका अस्थायी संरचना, सडकमा राखेका निर्माण साम्रागीहरु र अव्यवस्थित तवरले सडकको फुटपाथमा झुण्डाइएका व्यापारीक प्रयोजनका साम्रागीहरु ३ दिनभित्र हटाउन भनेको छ ।
रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद अर्यालले जारी गरेको सूचनामा भनिएको छ् ‘बजारलाई सुन्दर र व्यवस्थित बनाउन घर अगाडिका छप्पर वा अस्थायी संरचनाहरु यथाशिघ्र हटाउनुहुनको साथै निर्माण व्यवसायी तथा घरधनी वा अन्य व्यक्तिले सडकमा निमार्ण साम्रागीहरु र सडकमा पैदल यात्रुलाई आवतजावत गर्न असहज हुने गरी राखिएका वा झुण्डाइएका व्यापारिक सरसामानहरु ३ दिनभित्र हटाउन जानकारी गराईन्छ ।’
३ दिनभित्र नहटाएमा नगरपालिकाले हटाउने उल्लेख गरेको छ । केहि समयदेखि बजार क्षेत्रलाई सौन्दर्यीकरण र व्यवस्थित गर्नको लागि सडक सुधारको कार्य भइरहेको छ ।