भारतले सार्वजनिक गर्‍यो प्रधानमन्त्री दाहालको भ्रमण-तालिका

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ अर्थिक वर्षको बजेट पास गरेर जेठ १७ गते भारत भ्रमणमा जाने तयारीमा छन् ।

चारदिने भ्रमणको औपचारिक निर्णय भइ भ्रमण तालिका पनि सार्वजनिक भएको छ । भारतले प्रधानमन्त्री दाहालको भारत भ्रमण-तालिका सार्वजनिक गरेको हाे ।

भारतीय विदेश मन्त्रालयका अनुसार उनी १७ गतेदेखि २० गतेसम्म भारतमा रहनेछन् । पुस १० गते प्रधानमन्त्री नियुक्त भएपछि यो उनको पहिलो विदेश भ्रमण हो ।

भ्रमणका क्रममा दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रपति द्रोपदी मुर्मु र उपराष्ट्रपति हामिद अंसारीसँग भेटघाट गर्नेछन् ।

भारतीय समकक्षी मोदीसँग द्विदेशीय साझेदारीका विविध क्षेत्रमा छलफल गर्ने कार्यतालिका रहेको भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत् जनाएको छ ।

औपचारिक कार्यक्रममा अतिरिक्त प्रधानमन्त्री दाहालले उज्जैन र इन्दौर भ्रमण गर्ने कार्यतालिका पनि रहेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१