सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ ।

आइतबार प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१