
काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ ।
महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरीले जानकारी दिएको छ ।
उनका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको हो ।
उनीहरुले कति रकम लुटपाट गरे भन्ने खुलेको छैन ।