‘अखण्ड भारत’को विवादित नक्साप्रति ओलीकाे आपत्ति, प्रधानमन्त्रीले सच्याउन लगाउनुपर्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको संसद भवनमा राखिएको ‘अखण्ड भारत’ को विवादित नक्साप्रति आपत्ति जनाएका छन् ।

नयाँ संसदमा राखिएको नक्सामा लुम्बिनी र कपिलवस्तु उल्लेख गरिएकोप्रति ओलीले ध्यानाकर्षण गराएका हुन् ।

अखिल नेपाल महिलासंघकाे कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा त्यो नक्सामा भएको गल्ती सच्याउन लगाउनुपर्ने बताए ।

उनले भने, ‘भोलि प्रधानमन्त्रीजी भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले त्यो नक्सा हटाउनुस् । त्यो गल्ती सच्याउनुस् भनेर कुरा गर्नुपर्छ । त्यति कुरा गर्न सक्नुहुन्न भने भारत भ्रमणमा किन जाने ?’

भारतजस्तो नमूना लोकतन्त्र भनिएको ठाउँको त्यो व्यवहार उचित नभएकाे ओलीकाे भनाइ छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१