
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सरकारले तलव भत्ता खुवाउन सकेन भन्ने कुरामा सत्यता नभएको जिकिर गरेका छन् ।
मंगलबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकार तलव भत्ता खुवाउने दायित्वबाट पछि नहट्ने बताए । उनले भने ‘तलव नै छैन भन्ने उडन्ते कुराको पछाडि तपाईहरु त लाग्नु भएन नि । कम्तिमा तपाईहरुले त यो कुरा बुझ्नु पर्याे नि ।’
सामाजिक सुरक्षाको सवालमा सरकारले गरेको प्रयासलाई लिएर उठेका प्रश्नमा उनले गर्दा पनि नहुने नगर्दा पनि आलोचना गर्ने प्रवृति अन्त्य गर्न आग्रह गरे ।
उनले भने ‘मितव्यीताको कुरामा पहल गरेन भने पनि पहलै गरेन । पहल गरे पनि यतिले के चाहीँ हुन्छ र भन्नु भएन् । जे कुरा प्रस्तावित गरेका छौं कमसेकम सुरुवात त गरेका छौं । राम्रो गर्याे भन्दिनुस । मैले भनिसके सामाजिक सुरक्षा, भत्ता, साधारण खर्च भए पनि त्यो निरन्तर हुनेछ । तलव भत्ता त्यो दिनै पर्ने कुरा हो नदिने कुरा भएन ।’
अनावश्यक खर्च कटौतिका लागि सरकार गम्भीर रुपमा प्रस्तुत हुने उनको भनाइ छ ।
‘त्यो भन्दा बाहेक हामीले बचाउने भनेको अनावश्यक खर्च कही भईरहको छ चने त्यसलाई रोक्ने कुरा हामीले गरिरहेका छौं । तपाईहरुले नै निरुत्साहित गरेपछि सुधार हुँदैननि । त्यसैले सेकेण्ड जेनेरेशनको सुधारको कुरा पनि त्यही हो ।’
उनले भने ‘नाम नै लिनुपर्ने आवश्यकता छैन् । मुल कुरा हामी के गर्दैछौं भन्ने हो त्यसलाई के नाम दिने हो तपाईहरुले दिनोस । यो सब के हो भने हामीले समग्र अर्थतन्त्रलाई चलायमान गर्नु हो ।
त्यस्तै, सेयर बजारलाई कानुनी व्यवस्था अनुसार अतिरिक्त छुट दिइएको उनको दाबी छ ।