काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै युवा संघ, नेपालले विरोध गरेको छ ।
एमाले निकट युवा संघले काठमाडौंको नयाँ बानेश्वरमा राष्ट्रपतिको पुत्ला दहन गरेर विरोध जनाएको हो । युवा संघले नागरिकता विधेयक प्रमाणीत गर्न नहुने तर्क गरेको छ । बुधबार राष्ट्रपति पौडेलले मन्त्रीपरिषदले सिफारिस गरेको नागरिकता विधेयक – २०७९ प्रमाणीकरण गरेका थिए ।
यसपछि सरकारको यो निर्णयको विरोधमा केहि समूहले प्रदर्शन गरिरहेका छन् भने केहिले यो निर्णय न्यायोचित भएको बताँछन् ।