• २०८३ असार १३
  • 2026 June 27, Saturday

कोशी प्रदेशकी स्वास्थ्य मन्त्रीले दिइन् राजीनामा

काठमाडौं । जनता समाजवादी पार्टीका तर्फबाट कोशी प्रदेशको स्वास्थ्य मन्त्री बनेकी निर्मला लिम्बूले राजीनामा दिएकी छन्।

बुधबार विराटनगरमा पत्रकार सम्मेलनमार्फत् उनले राजीनामा घोषणा गरेकी हुन्।

जसपाको प्रदेश समितिको बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

यस्तै सोही बैठकले मन्त्री लिम्बूलाई सरकारबाट फिर्ता आउन आग्रह गरेको थियो।

पार्टीको निर्णयलाई आफूले मान्ने भन्दै उनले राजीनामा दिएकी हुन्।