• २०८३ असार १२
  • 2026 June 26, Friday

ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

काठमाडौँ । ब्रिटिस काउन्सिल नेपालले २५ जुन २०२६ मा काठमाडौँमा ‘आईईएलटीएस पार्टनर समिट २०२६’ (IELTS Partner Summit 2026) सफलतापूर्वक आयोजना गरेको छ। नेपाली विद्यार्थी र पेसाकर्मीहरूलाई अन्तर्राष्ट्रिय शिक्षा, रोजगारी तथा आप्रवासनका अवसरहरूमा पहुँच पुर्‍याउन महत्त्वपूर्ण योगदान दिने साझेदार संस्थाहरूलाई सम्मान र कदर गर्ने उद्देश्यले यो समिट आयोजना गरिएको हो।

समिटमा अप्रिल २०२५ देखि मार्च २०२६ सम्मको अवधिमा आईईएलटीएस (IELTS) दर्तामा उदाहरणीय कार्य गर्ने विभिन्न शैक्षिक परामर्शदाता तथा संस्थाहरूलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो।

कार्यक्रममा ‘अर्बिट मेडिकल इन्ट्रान्स प्रा.लि.’ ले प्रतिष्ठित ‘प्लेटिनम पार्टनर अवार्ड’ प्राप्त गरेको छ। त्यस्तै, ‘एजुकेशनल कन्सल्टेन्सी एसोसिएसन अफ नेपाल (इक्यान)’ लाई ‘टप एसोसिएसन अवार्ड’ प्रदान गरियो।

यसैगरी, अन्य अवार्डहरु – गोल्ड अवार्ड : केआईईसी (KIEC) लर्निङ सेन्टर प्रा.लि., सिल्भर अवार्ड : द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी प्रा.लि., ब्रन्ज अवार्ड : एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस, एसीसी स्टडी अब्रोड कन्सल्टेन्ट, ए.ओ.पी. ग्लोबल कन्सल्टेन्ट, आईईएलटीएस सेन्टर प्रा.लि., र ब्रिज इन्टरनेसनल ग्रुपले पाए ।

यसका साथै, चितवन, हेटौँडा, दाङ, नेपालगन्ज, इटहरी, विराटनगर, बिर्तामोड र पोखराका क्षेत्रीय साझेदारहरूलाई पनि उनीहरूको उत्कृष्ट कार्यका लागि प्रमाणपत्रसहित सम्मान गरिएको थियो।

समिटलाई सम्बोधन गर्दै ब्रिटिस काउन्सिल नेपालकी कन्ट्री एक्जाम्स डाइरेक्टर प्रतिष्ठा थापा रायमाझीले भनिन्, “हाम्रा साझेदारहरूले हजारौँ युवालाई अन्तर्राष्ट्रिय अवसरहरूसँग जोडेर उनीहरूको भविष्य निर्माणमा भूमिका खेलेका छन्। हामी ‘IELTS on Computer’ सेवा सुरु गर्न पाउँदा उत्साहित छौँ, जसले परीक्षार्थीहरूलाई थप सहजता र तत्काल नतिजा प्राप्त गर्न मद्दत गर्नेछ।”

त्यस्तै, ब्रिटिस काउन्सिलका बिजनेस डेभलपमेन्ट प्रमुख सुदर्शन सुवेदीले अबदेखि कम्प्युटर र पेपर-बेस्ड दुवै विकल्प उपलब्ध हुने जानकारी दिँदै आगामी दिनमा रोजगारदाता र अन्य संस्थाहरूका लागि पनि अंग्रेजी भाषा शिक्षण र मूल्याङ्कन सेवा विस्तार गर्ने योजना रहेको बताए।

ब्रिटिस काउन्सिलले सन् २०२५ देखि नै नेपालका विभिन्न स्थानमा आईईएलटीएस परीक्षा सञ्चालनका लागि उत्कृष्ट साझेदारहरू छनोट गरी सहकार्य गर्दै आएको छ। यो समिटले ब्रिटिस काउन्सिल र यसका साझेदार संस्थाहरूबीचको सम्बन्धलाई थप मजबुत बनाउने र नेपाली विद्यार्थीहरूका लागि अन्तर्राष्ट्रिय शैक्षिक ढोका खोल्न थप मद्दत पुग्ने विश्वास लिइएको छ।