कैलालीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

काठमाडौं । कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका– २ तेधरीमा मोटरसाइकलको ठक्करबाट इशारादेवी धामीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ठक्करबाट घाइते धामीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा बुधबार राती मृत्यु भएको हो ।

धामीलाई ठक्कर दिने से ४ प २५६२ नम्बरको मोटरसाइकल र चालक चुरे गाउँपालिका वडा नम्बर ३ का ठक्करबहादुर लामामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१