अशोका साम्राज्यको सम्मानमा संसद भवनमा मुरल नक्सा राखिएको हो : भारत

भारतीय संसद भवनमा नेपाल र पाकिस्तानसम्मको भूभाग समेटेर बनाइएको मुरल नक्सा सांस्कृतिक प्रतिक मात्र रहेको विदेश मन्त्रालयले बताएको छ ।

विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरिन्दम बागचीले अशोक साम्राज्यको सम्माना स्वरूप मुरल नक्सा बनाइएको बताएका हुन् । ‘अशोक साम्राज्यका बखत उनको असल र जनउत्तरदायी शासनको सम्मानको स्वरूप मुरल नक्सा राखिएको हो,’ उनले नियमित पत्रकार सम्मेलनमा भनेका छन् ।

मुरल नक्साबारे नेपाल र पाकिस्तानमा समेत विरोध भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रण्डले भारत भ्रमणका क्रममा यो विषय आफूले उठाएको दाबी गरेका थिए । त्यसबखत पनि उनलाई सांस्कृतिक प्रतिकका रूपमा राखिएको जवाफ आएको उनी स्वयंमले भारतमा बताएका थिए । ‘मैले मुरल नक्साबारे भारतीय पक्षसँग कुरा राख्दा यो साँस्कृतिक प्रतीक हो यसलाई अन्यथा नलिन आग्रह भयो,’ प्रचण्डले भारतमा भनेका थिए ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ताले भने नेपाली पक्षले यस विषय उठाएकोबारे आफुलाइ जानकारी नरहेको बताए । ‘मुरल नक्सा साँस्कृतिक प्रतीक हो । यो विषय नेपाली पक्षले आफ्नो भ्रमणको दौरान उठायो वा उठाएन भन्ने विषय मलाइ जानकारी छैन,’ मन्त्रालयका प्रवक्ता बागचीले भनेका छन् ।

नक्सालाई लिएर नेपाल लगायत अन्य छिमेकी मुलुकमा भएका आन्दोलनबारे भारत सरकालाई कुनै औचारिक जानकारी नआएको विदेश मन्त्रालयको जिकिर छ ।

चक्रवर्ती सम्राटका रूपमा परिचित अशोकाले आफ्नो साम्राज्य बंगलादेशदेखि अफगानिस्तानसम्म फैलाएका थिए । उनी बौद्ध धर्मका अनुयायी समेत थिए । उनको वंश मौरेयनले इरानदेखि भारतीय उपमहाद्वीपसम्म आफ्नो साम्राज्य विस्तार गरेको थियो ।

बाैद्ध धर्मका अनुयायी उनले बुद्धको स्मृतिमा लुम्बिनीमा अशोक स्तम्भ खडा गरेका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१